काठमाडौं : पाटन संयुक्त क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ ।
स्ववियु सभापतिमा नेविसंघका रोहित कपालीसहित प्यानल नै विजयी भएको हो ।
अन्तिम मतपरिणाम अनुसार सभापतिमा कपालीले ९०६ मत प्राप्त गरे । यस्तै उनका प्रतिस्पर्धी तीलकबहादुर कुमालले ३६५ मत पाए । दीपक कुमार रानामगरले १५३ मत पाउँदा अन्य ८ जना उम्मेदवारले सय मत पनि कटाउन सकेनन् ।
यता सचिवमा नेविसंघकै रुपक न्यौपाने विजयी भएका छन् । उनले ५४७ मत ल्याएका छन् भने नितिन पाण्डेयले ४८६ मत पाए । टीकाराम खत्रीले ४५६ मत पाए । कोषाध्यक्षमा प्रज्वल तामाङ विजयी भए । उनले ५९२ मत ल्याए ।
गत चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो । तर आन्तरिक विवादका कारण स्ववियु निर्वाचन तोकिएको मितिमा हुन सकेको थिएन् ।
कसले कति मत प्राप्त गरे ?



प्रतिक्रिया दनुहोस्