धनगढी । धनगढीमा लागुऔषध तथा मदिराविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । धनगढी ५ हसनपुरस्थित समर्पण सुधार केन्द्रको नेतृत्वमा वडा नम्बर १२ मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य शाखाका डा. गणेश खड्का, विभिन्न टोल विकास समितिका सदस्य तथा ेनपाल प्रहरी र अभिभावकको सहभागिता रहेको थियो ।
लागुऔषधमुक्त समाज निर्माण गर्ने उद्धेश्यसहित उक्त कार्यक्रमको आयोजना गरिएको समर्पण सुधार केन्द्रले जनाएको छ । केन्द्रका अनुसार केन्द्रले बढ्दै गइरहेको लागुऔषध सेवनकर्ताहरुलाई मध्यनजर गर्दै हाल लागुऔषध नियन्त्रणका लागि विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

यस्तै दुर्व्यसनीका कारण आफ्नो जीवन बर्बाद पारेका थुप्रै युवाहरुलाई विभिन्न उपचारका माध्यमबाट समाजमा पुनस्र्थापित गर्नुका साथै सभ्य र जिम्मेवार नागरिक बनाइसकिएको पनि केन्द्रले जनाएको छ । त्यसैगरी केन्द्रले आफ्नो परिवार, टोल, समाजमा कोही व्यक्ति लागुऔषध दुर्व्यसनीबाट प्रताडित बनेको छ भने तुरुन्त केन्द्रमा सम्पर्क गरेर उपचारार्थ पठाउन पनि आग्रह गरेको छ । केन्द्रले सम्पर्कका लागि ९७६७४२४१९७ नम्बर पनि उपलब्ध गराएको छ ।
प्रतिक्रिया दनुहोस्