पाचौं भजहर कप सुरुः नेपाल पुलिस र कर्मचारी ग्रुप विजयी

धनगढी : कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भईरहेको निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा नेपाल पुलिस क्लब धनगढी र कर्मचारी ग्रुप विजयी भएका छन् ।

थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको निसर्ग हस्पिटल पाचौं भजहर कपको दोस्रो दिन भएको पहिलो खेलमा नेपाल पुलिस क्लब धनगढी र दोस्रो खेलमा कर्मचारी ग्रुप धनगढी जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका छन् । 

Seti Hospital

श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा नेपाल पुलिस क्लब धनगढीले जाखौर बाबा युवा क्लब मनेहरालाई हराउँदै अन्तिम आठमा स्थान बनाएको छ । पुलिसले जाखौर बाबालाई ३–१ ले हराएर क्वाटरफाईनलमा स्थान बनाएको हो । यस्तै दोस्रो दिन भएको दोस्रो खेलमा कर्मचारी ग्रुप धनगढीले भुमी युवा क्लब बनकटटालाई हराएर क्वाटरफाईनल पुगेको छ । कर्मचारी ग्रुपले भुमी युवा क्लबलाई  ३–१ ले हराएर अघिल्लो चरणमा पुगेको हो । 

वैशाख २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ ।प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ । 

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार