हेटौँडा : मकवानपुर जिल्लाको मनहरी गाउँपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान ट्रकको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७७१२ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेका पैदल यात्रीलाई बिहान करिब ५ः१५ बजे ठक्कर दिएको थियो । दुर्घटनामा राक्सिराङ गाउँपालिका-९ घर भई हाल मनहरी-८ मा बसोबास गर्दै आएका करिब ७० वर्षीय गंगा बहादुर स्याङतानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
दुर्घटनापछि ट्रक चालक सर्लाहीको हरिवन नगरपालिका-११ निवासी ४० वर्षीय प्रमोद महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । दुर्घटनापछि केही समय राजमार्ग अवरुद्ध भए पनि ट्राफिक प्रहरीको तत्काल पहलमा सडक पुनः सञ्चालनमा ल्याइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए
प्रतिक्रिया दनुहोस्