सुदूरपश्चिममा बजेट अधिवेशन चल्न नदिने प्रतिपक्षीको अडान

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दलहरूले बजेट अधिवेशन चल्न नदिने अडान लिएका छन्।

विभिन्न माग राख्दै विरोध जनाएको प्रतिपक्षी दलहरूले यथास्थितिमा सभाको छैटौँ अधिवेशन चल्न नदिने अडान लिएका हुन्।

Seti Hospital

प्रतिपक्षीले उठाएको विषयलाई सरकारले सम्बोधन नगरेको भन्दै प्रतिपक्षीले यथास्थितिमा बजेट अधिवेशन चल्न नदिने बताएका हुन। प्रतिपक्षीको अडान यथावत् रहेकाले सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशन अन्योल बनेको छ।

सदनमा अवरोध गर्दै आएको प्रतिपक्ष र सरकारबिच अहिलेसम्म कुनै पनि सहमति भएको छैन। सोही कारण प्रदेश सभाको अघिल्लो अधिवेशन अन्योल बनेको हो। प्रतिपक्षको अवरोधका बिच गत चैत २५ गते प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य गरिएको थियो। प्रतिपक्षी दलले सदनमा विरोध जनाउँदै बैठक चल्न नदिएपछि सरकारको सिफारिसमा सूचना प्रकाशित गरेर अधिवेशन अन्त्य गरिएको थियो।

सरकार छलफलबाटै भागेर रातारात प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य ओमविक्रम भाट (सरल) को आरोप छ।

विवादित अडियो काण्डमा मन्त्री चौधरीलाई राजीनामा दिन लगाएर घटनाको वास्तविकता ढाकछोप गर्न खोजिएको प्रतिपक्षको जिकिर छ। अडियो काण्डमा सत्ता घटकका नेतासमेत जोडिएको विषय गम्भीर रहेको भाटले आरोप लगाएका छन्। संसद् सार्वभौम संस्था रहेकाले संसदीय समिति बनाएर छानबिन गर्नुपर्नेमा जोड उनीहरूको छ।

बजेटको बेला आएकाले चाँडै नै सदन सञ्चालन गर्नुपर्ने नैतिक दबाबमा प्रदेश सरकार छ। तर, यथास्थितिमा कुनै हालतमा सदन चल्न नदिने प्रतिपक्षको अडान कायमै रहेको छ। प्रतिपक्षी दलले प्रदेश सरकारले फजुल खर्च घटाउनु पर्ने, सुशासन कायम गर्नुपर्ने लगायतका माग राखेका थिए।यसैगरी, तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको लेनदेन विषय जोडिएको विवादित अडियो काण्डको उच्च स्तरीय संसदीय छानबिन समिति गठन गरेर छानबिन गर्नु पर्ने माग राखिएको थियो।

प्रदेश सरकारले भने आगामी जेठ पहिलो साताबाटै प्रदेश सभाको अघिल्लो अधिवेशन सञ्चालन हुने दाबी गरेको छ। भारत भ्रमणमा जानु अगाडि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री कमलबहादुर शाहले जेठ पहिलो साताबाट सदन सञ्चालन हुने बताएका थिए।

चालु आर्थिक वर्ष अबको दुई महिनापछि सकिदैँ छ। आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट असार १ गतेभित्रै प्रदेश सभामा प्रस्तुत गरी सक्नुपर्ने कानुनी प्रावधान रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार