धनगढी : कैलालीमा आफ्नै भाउजुमाथि जबरजस्तीकरणी गर्न खाेजेकाे आराेपमा एक युवक पक्राउ परेका छन् ।
घाेडाघाेडी नगरपालिका-२ काे साडेपानीमा २७ वर्षीया भाउजुमाथि जबरजस्तीकरणी गर्न खाेज्ने २२ वर्षमा देवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लाेकराज जाेशीले इलाका प्रहरी कार्यालय सुखडकाे टाेलीले ती युवकलाई पक्राउ गरेकाे जानकारी दिए ।
युवकले घरमै ढाेका थुनेर भाउजुमाथि बलात्कार प्रयास गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्