धनगढी । धनगढीको युनिक गोर्खा ट्रेनिङ सेन्टर सुरक्षा निकायमा जागिर गर्न चाहनेका लागि भरपर्दो माध्यम बन्दै गएको छ । खासगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको जागिर खान चाहनेहरुका लागि गोर्खा ट्रेनिङ सेन्टर भरपर्दो माध्यम बन्दै गएको हो ।
धनगढीको कवर्ड हल नजिकै सञ्चालित गोर्खा ट्रेनिङ सेन्टरले अहिले आफ्नै होस्टेल पनि सञ्चालन गरिरहेको छ ।
उक्त ट्रेनिङ सेन्टरमा हाल सयौँ प्रशिक्षार्थीहरुलो तयारी कक्षाहरु लिइरहेका छन् । तयारी कक्षामा फिजिकल तालिमसँगै लिखित परीक्षाका लागि पनि तयारी गराइने गोर्खा ट्रेनिङ सेन्टरका सञ्चालन तथा प्रशिक्षक चन्द्र बोहराले बताएका छन् ।
बोहराका अनुसार गोर्खा ट्रेनिङ सेन्टरमार्फत तालिम लिएका १०० प्रतिशत प्रशिक्षार्थी र लिखित तथा अन्तर्वार्तामा ८० प्रतिशत प्रशिक्षार्थी भर्खरै सम्पन्न नेपाली सेनाको छनौटमा परेका छन् ।
हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको जागिर खान सोर्सफोर्स लाग्छ भन्ने भाष्य गलत भएको भन्दै बोहराले सोर्सफोर्स लगाउनुको साटो फिजिकल ट्रेनिङ र लिखितको तयारी गरे दुई देखि तीन महिनामै सफलता मिल्ने बताएका छन् । बोहरा स्वयम् आफैँ एथ्लेटिक विधाका राष्ट्रिय खेलाडि हुन ।
प्रतिक्रिया दनुहोस्