धरापमा गेटा अस्पतालको भविष्य !

धनगढी । कैलालीको गेटामा गगनचुम्बी भवन बनेको वर्षौँ भयो । तर सञ्चालनको टुंगो अझै पनि छैन । २०७९ माघ २९ गते सरकारले गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । 

तर उक्त निर्णय गरिएको दुई वर्ष बितिसक्दा पनि स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक बनेको छैन । 

Seti Hospital

त्यसैमाथि बैशाख १५ गते विधेयक पारित गर्नेगरी प्रतिनिधि सभाको कार्यसूचीमा परेको विधेयक एक्कासि रोकिएपछि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चलन हुनै नदिन चलखेल भइरहेको चर्चा पनि सुरु भएको छ । विधेयक नै रोकिएपछि चलखेल भएको चर्चा मात्र होइन, गेटा अस्पतालको भविष्य नै धरापमा परेको छ ।

त्यसैमाथि करोडौँ खर्च गरेर तयार गरिएका भवनहरु दिनप्रतिदिन जीर्ण बन्दै गइरहेका छन् । उपकरणहरु बिग्रिँदै गएका छन् भने समग्रमा गेटा अस्पताल अहिले अफ्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ ।

‘अब त सञ्चालन होला’ भन्ने बेलामा झन् अन्योलता बढेपछि अहिले सुदूरपश्चिमबासी अर्को दबाबमूलक आन्दोलनको तयारीमा जुटेका छन् । तर पटकपटक दबाबमूलक आन्दोलन गर्दा पनि सरकारले गेटा अस्पताललाई फूल फेजमा सञ्चालन गर्न कुनै चासो नदेखाएपछि अस्पतालको भविष्य धरापमा परेको गेटा अस्पतालका राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार