भारत भ्रमणमा रहेका मुख्यमन्त्री अवलोकन र भेटघाटमा ब्यस्त

धनगढी : भारत भ्रमणमा रहनु भएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दिल्लीका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । औपचारिक भ्रमणमा रहेका मुख्यमन्त्री शाहले बुधबार यमुना नदीको पश्चिमी किनार राजघाटमा महात्मागान्धी समाधिस्थलमा माल्यारोपण तथा श्रद्धाञ्जली ब्यक्त गरे । त्यसैगरी बुधबार नै मुख्यमन्त्री शाहले भारतका लागि नेपाली राजदुत शंकर शर्मासँग दुतावासमा स्वागत भेटघाटमा सरिक भए ।

पुर्वनिर्धारित कार्यतालिका अनुसार स्वामी बिबेकानन्द अन्तरास्ट्रिय फाउन्डेसनसँग अन्तरक्रियामा सहभागी भएका मुख्यमन्त्री शाहले उद्योगपतिसँगको छलफलमा प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा बिकास सम्मेलनवारे जानकारी गराए।उनले दिल्लीको मेट्रो रेल वे स्टेसन र लोक सभा र राज्य सभाको समेत अवलोकन गरेका छन्। भारत सरकारको निमन्त्रणामा बैशाख १६ गते मुख्यमन्त्री शाह नेतृत्वको उच्चस्तरीय सरकारी टोली एक साताको लागि त्यसतर्फ प्रस्थान गरको थियो ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार