पाचौं भजहर कप सुरुः भजनीको विजयी सुरुवात

धनगढी : कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिता सुरु भएको छ । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको निसर्ग हस्पिटल भजहर कपको पाचौं संस्करण सुरु भएको हो ।

श्री युवा जनहित क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको वडा नम्बर ८ का वडाध्यक्ष तारा मल कठरियाले उदघाटन गरे । पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भजनी नगरपािलका वडा नम्बर ५ स्तरीय क्लब विजयी भएको छ । पहिचान युवा क्लब सिसैयालाई २–१ ले हराउँदै भजनी क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

Seti Hospital

वैशाख २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ ।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार