धनगढी: धनगढीको नवजीवन अस्पतालले सेवा विस्तार गरेको छ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको अस्पतालले हार्मोन रोग विशेषज्ञ सेवा, मनोचिकित्सक सेवा, नाक, कान र घाँटी रोगको उपचारलगायतका सेवा विस्तार गरेको हो। अस्पतालले प्रसूति सेवाका लागि चिकित्सकको सङ्ख्यासमेत थप गरिएको छ।
नवजीवन अस्पतालमा नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमसमेत सञ्चालनमा छ। अस्पतालमा प्रस्तुति विशेषज्ञ डाक्टर जयराम केसीले सेवा दिदै आएका थिए। अस्पतालले फेरि सेवाग्राहीको सङ्ख्या बढेको भन्दै स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर वरुण राइलाई नियुक्त गरेको छ।
अस्पतालमा डाक्टर कृष्ण ऐरले पूर्णकालीन हार्मोन रोग विशेषज्ञ सेवा सुरु गरेका छन्। एन्डोक्राइनोजोजिस्ट डाक्टर ऐरले हार्मोन सम्बन्धी समस्याको पहिचान, परीक्षण र उपचार सुरु गरेका हुन्। उनले मधुमेह, गर्भकालीन मधुमेह, चिनी रोग, पाराथाइराइड ग्रन्थिको रोग, थाइराइड, महिनावारीमा गडबडी, हार्मोनको असन्तुलन, मोटोपन, हार्मोन प्रतिस्थापन लगायतका रोगहरूको उपचार सेवा दिन थालेका छन्।
अस्पतालले मनोचिकित्सक सेवासमेत थालेको छ। डाक्टर अनूप देवकोटाले मनोरोगीहरूको उपचार सेवा थालेका हुन। उनले मानसिक स्वास्थ्य सम्बन्धी रोगहरूको निदान, औषधी उपचार गर्दै आएका छन्। मानसिक रोगको पहिचान, औषधी, मनोवैज्ञानिक उपचार, आपत्कालीन सेवा लगायतको सेवा सुरु गरेका छन। आत्महत्याको प्रयास गर्नेहरूलाई उनले आपत्कालीन सेवा दिने भएका हुन्। डाक्टर देवकोटाले अत्यधिक तनाव, चिन्ता र निराशा हुनु, निद्रा नलाग्ने र डर लाग्ने, आत्म हत्या गर्न मन लाग्ने, अरूलाई मार्न वा क्षति गर्न मन लाग्ने र बालबालिकाहरूमा असामान्य व्यवहार देखिने भएपछि उपचार सेवा दिन थालेका छन्। सुदूरपश्चिममा मनोरोगीहरूको सङ्ख्या धेरै रहेको उनले बताएका छन्।
नवजीवन अस्पतालमा डाक्टर इन्द्र उपाध्यायले नाक, कान र घाँटी सम्बन्धी रोगको उपचार सेवा दिदै आएका छन्। उनले सुन्न नसक्ने, कान दुख्ने, कानबाट पानी आउने, कान भित्र आवाज गुञ्जिने, सास फेर्न गाह्रो हुने, एलर्जी, गन्ध थाहा नपाउने, घाँटी दुख्ने, निल्न गाह्रो हुने, घाँटीमा केही चिज अड्किनु र टन्सिल जस्ता रोगहरूको उपचार सेवा दिदैछन्।
प्रतिक्रिया दनुहोस्