अत्तरियामा संचालित आधारभुत कर्मकाण्ड प्रशिक्षण तालिम सम्पन्न

अत्तरिया : कैलालिको अत्तरियामा संचालित आधारभुत कर्मकाण्ड प्रशिक्षण तालिम सम्पन्न भएको छ । अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालय र नेपाल ज्योतिष परिषद् कैलालीको आयोजनामा संचालित १५ दिने सो प्रशिक्षण तालिम बिहिबार एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथी सुदुरपस्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा तालिमका सहभागीहरुलाइ प्रमाणपत्र पनि दिइएको थियो । यहि बैशाख ३ गतेदेखी सुरु भएको तालिम १५ दिनसम्म चलेको थियो । तालिममा ३२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहभागी प्रशिक्षार्थीहरुलाई धनगढी उपमहानगरपालिका– १३ कैलाली गाउँमा रहेको निङ्गलाशैनी गुरुकुल आश्रमका प्राचार्य समेत रहेका पण्डित खगेन्द्र राज अवस्थीले प्रशिक्षण दिएका थिए 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार