काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी थुनामुक्त भएका छन्।
सर्वोच्च अदालतका शाखा अधिकृतको अनधिकृत पत्रका आधारमा पक्राउ परेलगत्तै उनलाई डिल्लीबजार कारागारमा लगिएको थियो।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट बुधावर दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो। सादा पोसाकमा खटिएका सुरक्षाकर्मीले उनलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए।
सर्वोच्चको आदेश कार्यान्वयन गर्न चौधरीलाई पक्राउ गरी प्रहरीले डिल्लीबजार कारागारमा लगेर बुझाएको थियो। ‘अनधिकृत’ रहेको पाइएपछि प्रहरीले पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई नै पक्राउ गरेर हिरासतमा राखेको छ। सर्वोच्चले विज्ञप्ति जारी गर्दै चौधरी पक्राउ गर्नेसम्बन्धी पत्र अनधिकृत भएको र विष्टमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु भएको जनाएको छ।
संरक्षक चौधरी पक्राउ परेसँगै जनमत र नाउपाको एकीकरण घोषणा कार्यक्रमसमेत स्थगित भएको थियो।
प्रतिक्रिया दनुहोस्