धनकुटा : सशस्त्र प्रहरी बलले बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको एउटा कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । को२प १७३४ नम्बरको सो कार जाँचको क्रममा प्रहरीले रोक्न खोज्दा फरार भएको थियो ।
सशस्त्र प्रहरी बल धनकुटा बिओपीको टोलीले पछ्याएर उक्त कारलाई केही समयपछि दुर्घटनाग्रस्त अवस्थामा फेला पार्यो । कारभित्र गरिएको खोजतलासका क्रममा प्रहरीले १२ वटा पोकामा प्याक गरिएको जम्मा ४२१ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार कारको चालक भने हालसम्म फरार रहेका छन् र उनको खोजीकार्य तीव्र पारिएको छ ।
गाँजा सहित बरामद गरिएको कार र लागुऔषधलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दनुहोस्