लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरले लागूऔषध (खैरो हिरोइन) मुद्दामा १ महिना ३ दिन कैद सजाय तोकिएको कृष्णपुर नगरपालिका–५ पबित्रा बस्ती बस्ने २४ वर्षीय प्रकाश सुनार र सोही मुद्दामै ९ महिना १३ दिन कैद सजाय तोकिएको कैलालीको गोदावरी नगरपालिका–५ बस्ने २२ वर्षीय शिव राज भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सजाय ठहर भएपछि फरार रहेका दुबै जनालाई मंगलवार इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार