बैतडीका दुई पालिकामा थप १२ जना क्षयरोगका बिरामी फेला

बैतडी : बैतडीका दुई पालिकामा थप १२ जना क्षयरोगका बिरामी फेला परेका छन् । जिल्लाको पुर्चाैडी नगरपालिका र सुर्नया गाउँपालिकामा थप १२ जना क्षयरोगीका बिरामी फेला परेका हुन् ।

क्षयरोगमुक्त अभियान अन्तर्गत पुर्चाैडी नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालन भएको खोजपड्ताल शिविरबाट थप ६ बिरामी फेला परेका नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताए । शिविरमा एआइ जडित डिजिटल एक्सरेमार्फत छातीको एक्सरे गरिएको र शंकास्पद बिरामीहरुको खकार परीक्षण गरेर क्षयरोग भए/नभएको पत्ता लगाईएको उनले बताए ।

Seti Hospital

शंकास्पद बिरामीहरुको खकार परीक्षण गर्दा थप ६ जनामा क्षयरोग पुष्टि भएको र उनीहरुलाई उपचारको दायरामा ल्याइएको उनले बताए । यसअघि पुर्चौंडीमा २१ जना क्षयरोगका बिरामी उपचारमा रहेका छन् । यस्तै सुर्नया गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भएको खोजपड्ताल शिविरबाट थप ६ जना क्षयरोगका बिरामी फेला परेका क्षयरोगमुक्त अभियानका संयोजक धुव्रचन्द्र जोशीले बताए । नयाँ बिरामीहरुलाई उपचारको दायरमा ल्याइसकेको उनले बताए ।

समुदायमा रहेका क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउन खोजपड्ताल शिविरको आयोजना गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । बैतडीमा १ सय २ जना क्षयरोगका बिरामीहरु उपचारमा रहेका छन् । पुर्चौंडी र सुर्नयामा १२ जना नयाँ बिरामी फेला परेपछि क्षयरोगीको संख्या १ सय १४ जना पुगेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार