काठमाडौं : लुम्बिनी प्रदेश सरकारबाट युवा वैज्ञानिकका रूपमा सम्मान थापेका दाङका मार्शल रोकालाई जिल्ला अदालत दाङले बलात्कार अभियोगमा जेल चलान गरेको छ ।
दाङको तुलसीपुर–९ की ३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत दाङका न्यायाधीश तेजनारायण पौडेलले घोराही–१६ निवासी रोकालाई सोमबार सात वर्ष कैदको फैसला सुनाएका हुन् ।
रोकालाई सात वर्ष कैदका साथै तीन लाख जरिवाना, ४० हजार रुपैयाँ क्षतिपूर्ति र १ हजार ३ सय रुपैयाँ राहत कोषमा जम्मा गर्ने फैसला भएको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले बताए ।
पीडितले २०८० जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा बलात्कारको कसुरमा उजुरी दिएकी थिइन् । उजुरीको भोलिपल्टै घरबाटै पक्राउ परेका रोकालाई प्रहरीले २०८० असार १० गते जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाएको थियो ।
लुम्बिनी प्रदेश सरकारले उनलाई झारपातबाट ग्याँस उत्पादन गर्नुका साथै सल्लोको खोटोबाट उत्पादन गरिएको तेलले मोटरसाइकल चलाएर सफल परीक्षण गरेको भन्दै युवा वैज्ञानिकका रूपमा सम्मान गरेको थियो । उनले बनाएको खोटोको एक लिटर तेलले मोटरसाइकल १०० किलोमिटर गुडेको थियो ।
प्रतिक्रिया दनुहोस्