काठमाडौं : १४ वर्षको उमेरमा तपाईँ के गर्दै हुनुहुन्थ्यो? सम्भवतः स्कुल जानु हुन्थ्यो होला। खाली समयमा साथीहरूसँग रमाइलोका लागि कुनै खेल खेल्नु हुन्थ्यो होला।
तर त्यही उमेरमा भारतका नौजवानले विश्व क्रिकेटको विशाल मञ्च आईपीएलमा पाइला टेके। उनले राजस्थान रोयल्सका लागि शतक हानेर इतिहास रचे।
मेहनत र निष्ठाले मानिसलाई कतिसम्म सफल तुल्याउँछ भन्ने गतिलो उदाहरण बनेका छन्, वैभव सूर्यवंशी।
१४ वर्ष २३ दिनको उमेरमा विश्व क्रिकेटको विशाल मञ्च आईपीएलमा ‘डेब्यू’ गरेका सूर्यवंशीले त्यसको ९ दिन शतक बनाउन सफल भए। उनी सबैभन्दा कान्छो शतक बनाउने खेलाडी बनेका छन्।
१८औँ सिजनको आईपीएलको ३६औँ खेलमा राजस्थान रोयल्स र लखनऊ सुपर जाडन्ट्सबीच प्रतिस्पर्धामा डेब्यू गरेका हुन्। १४ वर्ष ३२ दिनका सूर्यवंशीले ३५ बलमा शतक पूरा गरेपछि राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको थियो।
९ दिनअघि लखनउ सुपर जायन्ट्सको खेलबाट आईपीएलमा डेब्यू गरेका सूर्यवंशीले जयपुरमा तुफानी इनिङ्स खेलेका थिए।
आईपीएल इतिहासमा पनि यो दोस्रो सबैभन्दा कम बल खेलेर बनेको शतक हो। देब्रेहाते ब्याटर सूर्यवंशीले ३८ बलमा १०१ रन बनाएपछि राजस्थानले २१० रनको लक्ष्य १५.५ ओभरमै २१२ रन बनाई पूरा गरेको थियो । प्लेयर अफ द म्याच सूर्यवंशीले ११ छक्का र ७ चौका प्रहार गरे।
वैभव आईपीएलमा डेब्यू गर्ने कान्छो खेलाडी मात्र बनेनन् उनी शतक प्रहार गर्ने खेलाडी बनेर धेरैलाई चकित पनि पारे। उनी पहिलो खेलमै छक्काबाट आफ्नो आईपीएल यात्रा शुरू गर्ने १० औँ खेलाडी पनि थिएनन्। उनको डेब्यू कुनै आकस्मिक निर्णय थिएन। उनी त राजस्थानको पूर्वतयारीसहितको अद्भूत प्रतिभा थिए।
१३ वर्षकै उमेरमा अष्ट्रेलिया अण्डर-१९ विरुद्ध ५८ बलमा बनाएको शतकले उनको सम्भावनाको ढोका खोलेको थियो। त्यसपछि उनले भारत अण्डर-१९ तर्फबाट एसिया कपमा १७६ रन बनाए। बिहारका लागि अण्डर- १९ को घरेलु प्रतियोगितामा त्रिशतकीय इनिङ्स खेले र अन्ततः राजस्थानको हाई पर्फर्मेन्स सेन्टरको नजरमा परे।
राजस्थानले उनलाई १ करोड १० लाख रुपैयाँमा अक्सनमार्फत् टिममा सामेल गर्यो। सूर्यवंशीको खेलमा त्यो निर्भिकता थियो, जुन प्रायः मेहनत र अनुभवबाट प्राप्त हुन्छ।
बालापन हरेक प्राणीको जैविक अवस्था हो, तर प्रतिभा उमेर हेरेर आउँदैन। वैभव सूर्यवंशीले यही कुरा प्रमाणित गरेका छन्। १२ वर्षमै प्रथम श्रेणी क्रिकेटको सुरुवात गरेका उनले रणजी ट्रफीमा पाँच खेल खेलका छन्।
प्रतिक्रिया दनुहोस्