१६ बर्षीया गर्भवती किशाेरीको सेनाको हेलिकप्टरद्वारा उद्धार

हुम्ला : हुम्ला जिल्ला सिमकोट-२ ठेहेकी एकजना किशाेरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । 

गर्भवती भएको २८ हप्ता नपुग्दै आइतबारबाट एक्कासी उच्च रक्तश्राप भएपछि सिमकोट गाउँपालिका-२ ठेहे गाउँकी १६ वर्षकी पुष्पा बोहोरा भण्डारीलाई जिल्लामा उनको उपचार हुन नसक्ने भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतिक्षा भारतीले बताए ।

Seti Hospital

आइतबार बिहानबाट एक्कसी उच्च रक्तश्राप भएपछि भण्डारीलाई ठेहे स्वास्थ्य चौकीमा ल्याईएको भण्डारीलाई जिल्ला अस्पताल सिमकोटमा रिफर गरेको भएपनि जिल्ला अस्पताल सिमकोटमा पनि उनको उपचार सम्भव नहुने भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् सुर्खेत पठाईएको जिल्ला अस्पताल सिमकोटकी सिनियर अनमी सरिता बोहोराले बताए।

भण्डारीलाई उच्च रक्तश्राप भएपछि जिल्ला अस्पतालको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उद्धार भएको हो । 

हेलिकोप्टरमा उद्धार गरी सुर्खेत पुर्याए लगत्तै उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा हुम्लाका सुत्केरी व्यथा लागेकी गर्भवती महिलाहरूका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको बोहोराले बताए ।

चालु आर्थिक वर्षको साउन महिनायता हुम्लाबाट पुष्पासहित छ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर भारतीले बताए ।

भण्डारीको परिस्थिती अत्यन्त संवेदनशील र चिन्ताजनक भएको र २८ हप्ता नपुगेको अवस्थामा यो समस्या आएकाले बच्चार आमाको सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट उनको उद्धार गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार