लागूऔषधसहित बर्दगोरियाबाट एक युवक पक्राउ

धनगढी : कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाबाट लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शुक्रबार साँझ साढे ४ बजेतिरको समयमा बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट प्रहरीले विमल बमका छोरा २० वर्षीय राजन बमलाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

बौनिया बजारमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बमलाई चेक जाँच गर्दा ५ सय मिलिग्राम खैरोहिरोइनसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

Seti Hospital

साथै उनको कोठाबाट थप ७ ग्राम ७७० मिलिग्राम फेला पारी कुल ८ ग्राम २७० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।

बमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार