अत्तरियामा रहेको नागरिक आरोग्य सेवा केन्द्र भवनको उद्घाटन

अत्तरिया : कैलालीको अत्तरियामा रहेको नागरिक आरोग्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । सोमबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उक्त भवनको उद्घाटन गरे ।

सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय अन्र्तगतको सो कार्यालयको भवन निर्माणका लागि नगरपालिकाले आफैले लगानी लगाएको थियो । नगरपालिकाको १३ लाखको लगानी मा निर्माण गरिएको सो भवनबाट आयुर्वेदिक तरिकाबाट विभिन्न किसिमका रोगहरुको उपचार गरिने बताईएको छ ।

Seti Hospital

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले सो कार्यालयको भवन निर्माणमा नगरपालिकाले आर्थिक सहयोग गरेको बताए । त्यतिमात्रै नभई कार्यालयको सञ्चालनका लागि आवश्यक पर्ने औजार उपकरणहरु पनि पालिकाले सहयाग गरेको उनले बताए ।

कार्यालयकी बैद्य तुला बोहराले कार्यालयबाट विगत ५ वर्षदेखी निरन्तर सेवा दिईरहेको बताईन । उनले कार्यालयबाट ओपिडि सेवा, पञ्चकर्म सेवाका साथै आयुर्वेद तर्फ बाँथ, अम्ल, पित्त लगायतका बिरामीहरुलाई उपचार दिईरहेको बताईन । त्यतिमात्र नभई कार्यालयबाट थेरापी सेवा पनि दिईरहेको उनले बताईन । उनका अनुसार कार्यालयमा हाल २ जना कर्मचारीहरु कार्यरत रहेका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार