कैलालीका निरजको जन्डिसको सुई लगाएको दुई मिनेटमै मृत्यु

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ।

३५ वर्षीय शाही सोमवार बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा पुगेका थिए। उक्त मेडिकलका सञ्चालक ईन्द्र दहित काठमाडौँ गएको अवस्थामा मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महावीर चौधरीले जन्डिस छ भन्दै सुई लगाएको केही समयमै शाहीको निधन भएको हो।

Seti Hospital

झाडापखालको उपचार गराउन गएका खडक बहादुर साउँदले भने, ‘मलाई सलाइन चढाएपछि निरज भाईलाई एउटा इन्जेक्सन दिइएको थियो। इन्जेक्सन दिने बित्तिकै खोक्न थाले। खोक्दा खोक्दै मुखबाट फिँज आयो। एकछिनमा छटपटिन थाले। मुखबाट फिँजसहितको लहरा जस्तो फाले।’ बिरामीको अवस्था एक्कासि छटपटिएको देखेपछि साउँदले के भयो भन्दै प्रश्नसमेत गरेको बताए। चिकित्सकले कसैकसैलाई इन्जेक्सनले यस्तै हुन्छ भन्दै मुखबाट कृतिम श्वास दिने प्रयास गरेपनि उनको मृत्यु भइसकेको उनले बताए।

मृतक शाहीका ससुरा रामबहादुर शाहीले बिहानसँगै खाजा खाएर ज्वाई मेडिकल गएको बताए। शाहीले भने, ‘सँगै चिया खाजा खाएर छोराछोरी स्कुल छोडेर टाउको दुखेको छ भन्दै मेडिकल लगेको हो। एकै छिनमा मृत्युको खबर सुन्न पर्यो। केही नभएको मेरो ज्वाईको मृत्यु कसरी भयो ? सुइलगाउने मान्छे किन भाग्यो ? हामीलाई न्याय चाहिन्छ।’

धिरजको निधन भएको केही क्षणमै ल्याब असिस्टेन्ट चौधरी भागेका छन्। घटनाको जानकारी गराएलगत्तै ईलाका प्रहरी कार्यालय सुखडबाट नवनियुक्त कार्यालय प्रमुख तथा डिएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी घटनास्थलमा खटिएका छन्।

घटना भएलगतै फरार चौधरीको खोजी कार्य भइरहेको मेडिकल सञ्चालक ईन्द्र दहितले बताए। शव पोष्टमार्टमका लागि पठाउने तयारी भएको डिएसपी अवस्थीले बताए। अहिले घटनास्थलमा मृतकका आफन्त तथा स्थानीयको भिडभाड लागेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार