लागूऔषधसहित ४ जना पक्राउ

धनगढी : कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। धनगढी उपमहनगरपालिका–२ भन्सार कार्यालय नजिकबाट बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई हाल धनगढी उपमहनगरपालिका–४ बस्ने २२ वर्षीय सुरेश सार्की पक्राउ परेका छन्। सार्कीलाई २१० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

टीकापुर नगरपालिका–७ झलक कटेज नजिकबाट टीकापुर नगरपालिका–८ बस्ने १९ वर्षीय राकेश बुढा पक्राउ परेका छन्। बुढालाई ५० मिलिग्राम खैरो हेरोइनसहित प्रहरी चौकी सत्तिबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Seti Hospital

धनगढी उपमहनगरपालिका–१३ राजपुरबाट सोही ठाउँ बस्ने २७ वर्षीय सन्तोष रानासहित दुई जना पक्राउ परेका छन्। दुबै जनालाई ७० मिलिग्राम खैरो हेरोइनसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार