धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (सोमबार) कैलाली आउदै छन । नेकपा माओवादीको जनतासँग माओवादी विशेष कार्यक्रम अन्तरगत थालिएको तराई–मधेश हुलाकी मार्ग जागरण अभियानको क्रममा उनी कैलाली आउन लागेका हुन ।
उनी सोमबार साँझ टीकापुर नगरपालिका – ८ सत्ती कर्णाली पुल पुग्ने कार्यक्रम रहेको छ । उनको राती टीकापुरको सूर्यपुर र झुंगा बस्तीमा बस्ने कार्यक्रम रहेको छ ।
मंगलबार झुंगामा आयोजना हुने जनसभालाई सम्बोधन पछि उनी भजनी नगरपालिका हुँदै कैलारी गाउँपालिका ५ बैजपुरमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका कैलारी गाउँपालिका समिति अध्यक्ष बतासु चौधरीले बताए । सोही दिन धनगढीमा अन्तरक्रिया कार्यक्रम गरी धनगढी भन्सारमा अभियान टोलीको विदाई गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दनुहोस्