धनगढी : कैलालीको घोडाघोडी नगरपालिका – १० पहलमानपुरमा सडक दुर्घटनामा कमी ल्याउन छाडा चौपायामा रातिमा चम्किने रिफ्लेक्टिभ स्टिकर टासिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट पहलमानपुर र अटो समिति पहलमानपुरको संयुक्त आयोजनामा रिफ्लेक्टिभ स्टिकर टासिएको हो ।
छाडा चौपायाले गर्दा रातिको समयमा सडकमा दुर्घटनाको जोखिम अत्यधिक बढेको कारण रिफ्लेक्टिभ स्टिकर टाँसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट पहलमानपुरका प्रमुख नरेन्द्र बिष्टले बताए ।
उनले भने ‘दुर्घटना न्यूनीकरणका लागि हामीले चौपायाको शरीरमा रातिमा टल्किने रिफ्लेक्टिभ स्टिकर टाँसेका छौँ । यसले चालकलाई समयमै सडकमा चौपाया छन् भन्ने थाहा हुने र दुर्घटनाबाट जोगिन सक्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दनुहोस्