टेम्पुमा भेटिइन् पूर्व मन्त्री विद्या भट्टराई

काठमाडौँ : निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई सफा टेम्पोमा यात्रारत भेटिएकी छिन् । केही समयअघि मात्र शिक्षामन्त्री पदबाट राजीनामा दिएकी उनी सफा टेम्पोमा भेटिएकी हुन् । 

टेम्पोमा यात्रा गरिरहेको तस्बिर एमालेका सांसद तारा लामा तामाङले सार्वजनिक गरेका हुन् ।

Seti Hospital

तामाङले आज फेसबुकमा पोस्ट गरेको तस्बिर तीन दिन अगाडिको भएको बताएका छन् । उनले भने, ‘उहाँको सादगीपन मन परेर मैले नै फोटो खिचेको हुँ । उहाँले अन्यथा मान्नुहोला कि भनेर दुई दिन सार्वजनिक गरिनँ । अनुमति लिएर आज राखेको हुँ ।’

मन्त्री हुनु अगाडिसम्म पनि भट्टराई सार्वजनिक सवारीसाधनमै यात्रा गर्थिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार