रवि विरुद्धको मुद्दाको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझायो प्रतिवेदन

काठमाडौँ : पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार प्रतिवेदन बुझाएको हो।

Seti Hospital

प्रहरीले सानोपाइला सहकारीमा ठगी र संगठित अपराध कसुरमा अनुसन्धान सकेको हो।

प्रहरीका अनुसार ३० जना व्यक्ति र ११ वटा संस्था/कम्पनीविरुद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको हो।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी पनि प्रतिवादी छन्।

प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ।

सभापति लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ र जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो माग दाबी भएको छ।

सहकारी ठगी फरार रहेका जिबी राईलाई १० करोड ८१ लाख ५२ हजार ४६९ रुपैयाँ र कुमार रम्तेलसँग १५ करोड ५३ लाख ५३ हजार ३४६ बिगो माग दाबी गरेको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार