सुदूरपश्चिम काँग्रेसका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

धनगढी : नेपाली काँग्रेस, सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी भारतमा दुर्घटना भएको छ।

भारतको खिरी जिल्लाको खुटारमा उनीसहित तीन जना सवारी गाडी दुर्घटनामा भएको हो। उनीहरूको शाहजहाँपुर उपचार सुरु भएको छ। दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको हो। तीन जनालाई धनगढी ल्याईदैछ।

Seti Hospital

परिवारका सदस्यसहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आइतवार बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको थियो। उनीहरू सवार गाडी बससँग ठोकिएको हो। गाडी पुरै क्षतिग्रस्त भएको छ।

बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याककुचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरूले गाडीभित्रबाट शाहसहितका घाईतेहरूलाई बाहिर निकालेका थिए। शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जादै थिए।

गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए। शाह, बहिनी र ज्वाईलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार