बानेश्वर झडपमा ६० शिक्षक घाइते भएको महासंघको दाबी

काठमाडौं : नेपाल शिक्षक महासंघले आज भएको शिक्षक र प्रहरीबीचको झडपमा ६० जना शिक्षक घाइते भएको जनाएको छ ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले ‘नियोजितरूपमा शिक्षकमाथि गरिएको आक्रमण’मा परी ६० जना घाइते भएको दाबी गरिन् ।

Seti Hospital

“म अस्पतालमा छु । हाम्रा ६० जना शिक्षक साथी घाइते भएका छन् । राज्यले नियोजितरूपमा शान्तिपूर्ण आन्दोलन बिथोल्ने प्रयास गर्‍यो । सुरुमा प्रहरीलाई बाहिरको मान्छेले ढुंगा प्रहार गर्‍यो । त्यसपछि माहोल बिथोलियो,” उनले भनिन् ।

काठमाडौं उपत्यका प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले भने ६० जना शिक्षक घाइते भएकोबारे आफूलाई जानकारी नभएको बताए ।

“६० जना घाइते भएको भन्ने कुरा हामीलाई थाहा भएन । हाम्रो तथ्यांकमा २० जना घाइते छन्,” उनले भने । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार