नवदुर्गा गाउँपालिकाको स्वास्थ्य शाखामा आगलागी

धनगढी : डडेल्धुराको नवदुर्गा गाउँपालिकाको स्वास्थ्य शाखामा आगलागी भएको छ।

दुर्गा भवानी सामुदायिक वन क्षेत्रबाट फैलिएको आगोले शनिवार दिउँसो साढे ३ बजेतिर स्वास्थ्य शाखामा क्षति पु–याएको डडेल्धुरा प्रहरीले बताएको छ।

Seti Hospital

डढेलोको आगो हावाको कारण स्वास्थ्य शाखासम्म पुगेको हो। आगलागीका कारण स्वास्थ्य शाखाको संरचना तथा भित्र रहेका सामग्रीहरूमा क्षति पुगेको जनाइएको छ। स्थानीय बासिन्दा, प्रहरी तथा पालिकाको सहयोगमा आगो निभाइएको छ। गाउँपालिकामा दमकल नहुँदा आगो नियन्त्रणमा चुनौती भएको थियो।

डढेलोको कारण आसपासका अन्य क्षेत्रहरू पनि जोखिममा छन्। स्थानीय प्रशासनले आगलागीको जोखिम न्यूनीकरण तथा सम्भावित थप क्षति रोक्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार