काठमाडौँको आन्दोलनमा शिक्षकबाटै कुटिए धनगढीका शिक्षक जोशी

धनगढी : काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ।

शनिवार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन्। प्रहरीका अनुसार आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका हुन्। जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन्।

उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेको प्रहरीले उपलब्ध गराएको विवरणमा उल्लेख छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार उनलाई तत्कालै प्रहरीको टोलीले मिनभवनस्थित सिभिल अस्पताल पुयाएको थियो। घाइते शिक्षक जोशी बोल्न सक्ने अवस्थामा छन्। उनको टाउकोमा टुटुल्को उठेको छ भने शरिरका विभिन्न भागमा चोटपटक लागेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार