भोलि कैलाली आउदै प्रचण्ड, यस्तो छ कार्यतालिका

धनगढी : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमवार (भोलि) कैलाली आउने कार्यक्रम रहेको छ।

उनी सोमवार र मंगलवार कैलालीमै रहने भएका हुन्। नेकपा माओवादीको जनतासँग माओवादी विशेष कार्यक्रम अन्तरगत थालिएको तराई–मधेश हुलाकी मार्ग जागरण अभियानको क्रममा उनी बैशाख १६ गते अर्थात भालि सोमवार टीकापुर नगरपालिका ८ सत्ती कर्णाली पुल पुग्ने कार्यक्रम रहेको छ। उनको रातिको बसाइ टीकापुर नगरपालिका ७, ८ र ९ स्थित सूर्यपुर र झुंगा बस्तीमा हुने भएको छ।

Galaxy

त्यस्तै उनी मंगलवार झुंगामा आयोजना हुने जनसभालाई सम्बोधनपछि भजनी नगरपालिका हुँदै कैलारी गाउँपालिका ५ बैजपुर पुग्ने कार्यक्रम रहेको माओवादी केन्द्रका कैलारी गाउँपालिका समिति अध्यक्ष बतासु चौधरीले जानकारी दिए। त्यहाँ उनको शहीद परिवार भेटघाट, जनसभा सम्बोधन लगायतको कार्यक्रम रहेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार