मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं : केही दिनदेखि अत्यधिक महसुस भएको गर्मी सोमबारदेखि घट्ने प्रक्षेपण गरिएको छ ।

आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकोले सोमबारदेखि तापक्रम पनि घट्ने हुँदा गर्मी केही कम हुने मौसमविद्को पूर्वानुमान छ ।

Seti Hospital

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा। विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

उनका अनुसार वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने छ । र, लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना रहेको छ । यसले गर्दा गर्मी पनि कम हुँदै जाने उनले बताए ।

‘भोलि अपराह्नमा नेपालको काठमाडौंलगायत पूर्वी आधा भेगमा राम्रो वर्षा हुने सम्भावना छ । साथै तापक्रममा उल्लेखनीय कमी पनि आउने हुँदा गर्मी घट्ने छ’, उनले भने ।

पछिल्ला केही दिनयता लुम्बिनी प्रदेशका तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो । जसकारण तातो हावाको चेतावनी दिइएको थियो । अन्य प्रदेशका तराईका जिल्लामा पनि तापक्रम ३८ डिग्रीभन्दा माथि मापन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार