११३ जनाको बैतडीमा निःशुल्क आँखाको शल्यक्रिया

बैतडी : बैतडीका दुर्गम गाउँहरूमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ।

जिल्लाको शिवनाथ गाउँपालिका र पुर्चौडी नगरपालिकामा शिविर सञ्चालन गरिएको हो। शिविरमार्फत दुबै पालिकामा गरेर ४ सय जनाको आँखाको ज्योति फर्किएको छ। शिवनाथमा सञ्चालन भएको दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ४५० जनाले सेवा लिएका छन्।

Seti Hospital

जसमध्ये ११३ जनाको आँखाको शल्यक्रिया गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए। गाउँपालिकाको केन्द्र सुल्लेखानमा आयोजना गरिएको शिविरमा ११५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ। 

गाउँपालिकावासीलाई सहज होस् भनेर विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर आँखा शिविरको आयोजना गरिएको अध्यक्ष साउँदले बताए। उनले भने, ‘आँखाको उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई स्थानीयस्तरमै निःशुल्क सेवा दिन शिविरको आयोजना गरेका हौँ। शिविरमार्फत सेवा लिएका स्थानीयवासी खुसी भएका छन्।’

शिविरमा वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त नेतृत्वको टिमले सेवा दिएको थियो। शिविरमा शिवनाथका मात्रै नभएर मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकले समेत सेवा लिएका शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए। 

यस्तै पुर्चौडीमा सञ्चालन भएको आँखा शिविरमा ९१ जनाको आँखाको मोतीविन्दुको शल्यक्रिया गरिएको छ। शिविरमा ५३५ जनालाई औषधि वितरण र २१० जनालाई निःशुल्क चस्मा वितरण गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिशप्रसाद जोशीले जानकारी दिए।

उनले भने, ‘गाउँमै निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले हामीले बृहत् स्वास्थ्य शिविरको आयोजना गरेका हौँ। जसमा आँखाको चेकजाँचका साथै शल्यक्रिया पनि गरिएको हो।’ पुर्चौडीमा सञ्चालन गरिएको बृहत् स्वास्थ्य शिविरमार्फत दुई हजार ८०० नागरिक लाभान्वित एका छन् । शिविरमार्फत निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीयवासी खुसी भएका छन्।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार