धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा वायु प्रदुषण तीव्र रुपमा बढ्न थालेको छ ।
शुक्रबार बिहान यहाँको आकाशको वायुको गुणस्तर १७६ एक्युुआई मापन गरिएकोमा शनिबार भने बढेर २२० एक्युुआई पुगेको छ ।
यो मानव स्वास्थ्यका लागि अत्यधिक अस्वस्थकर हावा मानिन्छ ।
चिकित्सकहरुले धनगढीमा वायु प्रदुषण बढ्न थालेको भन्दै बिहानको समयमा मर्निङ वाक नगर्न सुझाव दिएका छन् ।
यो समयमा बृद्धबृद्धा तथा बालबालिकालाई समेत घर बाहिर निस्कन नदिन आग्रह गरिएको छ ।
प्रतिक्रिया दनुहोस्