धनगढी : कैलालीमा ५ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाका विभिन्न स्थानहरूबाट करिब ५ लाख ४७ हजार १० रुपैयाँ बराबरका भन्सार छलीका सामानहरु प्रहरीले बरामद गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ फिस रिसोर्ट नजिक र सिसा पोस्ट तथा वडा नम्बर ९ त्रिवेणीघाट, गोदावरी नगरपालिका–४ हनुमानमन्दिर नजिक, भजनी नगरपालिका–३ ढुसी र टीकापुर नगरपालिका–९ खैरिपुर सडकखण्डबाट सुर्ति, बिडी, काजु, केक, साडी, प्लाजु, धोती, मेक्सी, मोबाइलका ग्लास, ब्याट्री, चार्जर, नेटबर्किङ पिन, माछा, सिद्रा माछा, १ थान–मोटरसाइकल लगायतका सामान बरामद गरिएको जनाइएको छ।
प्रतिक्रिया दनुहोस्