नेप्से परिसूचक दुई अंकले बढ्यो

काठमाडौं : अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार आज दुई दशमलव शून्य आठ अंक बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव शून्य आठ अंकले बढेर दुई हजार ६५८ दशमलव शून्य दुईको विन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर ७० हजार ७०३ पटक खरिदबिक्री हुँदा सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ दशमलव २८ को कारोबार भएको छ । कूल ८३ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६१ को घटेको छ भने एउटाको स्थिर रहेको नेप्सेले जनाएको छ । 

Seti Hospital

आज लगानी समूह सबैभन्दा बढी दुई दशमलव चार प्रतिशतले बढ्दा हाइड्रोपावर शून्य दशमलव २२, व्यापार शून्य दशमलव ३९ र बैंकिङ शून्य दशमलव शून्य तीन प्रतिशतले बढेका छन् । 

विकास बैंक शून्य दशमलव ७६, फाइनान्स शून्य दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव १६, जीवन बिमा शून्य दशमलव ३२, उत्पादन शून्य दशमलव १७, माइक्रोफाइनान्स शून्य दशमलव ४६, निर्जीवन बीमा शून्य दशमलव २८ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेका नेप्सेले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार