वार्तामा गएको आन्दोलनरत शिक्षकको टोली मन्त्रालय नपुगी फर्कियो

काठमाडौँ : नवनियुक्त शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किएको छ ।

शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । शिक्षक महासंघको टोली शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएको थियो । तर, मन्त्रालय नपुगी टोली फर्किएको हो ।

समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसबारे जानकारी दिएका हुन् । यसअघि शिक्षामन्त्री रघुजी पन्तको आह्वानपछि २५ जना शिक्षकको समूह वार्तामा लागि मन्त्रालय पुगेको जानकारी दिइएको थियो ।

यसबारे जानकारी गराउँदै उनले भनेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौ ।’

उनले अगाडि भने, ‘आज नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौ ।’ विभिन्न माग राखेर शिक्षकहरू गत चैत २० गतेदेखि आन्दोलनमा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार