काठमाडौं : अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना बन्द गर्ने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफीसीएन्सी (डीओजीई) को निर्णय अनुसार विश्वभरका एमसीसी परियोजना बन्द हुने भएको हो ।
अमेरिकी अर्बपति एलन मस्क नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफीसीएन्सी (डीओजीई)को निर्णयअनुसार विकासशील देशहरूको आर्थिक उन्नतिका लाग दिइएको अनुदान अर्थात् एमसीसी परियोजना बन्द गर्न लागिएको हो । केन्द्रीय सरकारको खर्च कटौतीका लागि यो परियोजना बन्द गर्न लागिएको अमेरिकाले जनाएको छ ।
परियोजना बन्द गर्ने सम्बन्धमा गत मंगलबार नै एमसीसीका सम्पूर्ण कर्मचारीलाई इमेलमार्फत जानकारी गराइएको जनाइएको छ । उनीहरूलाई आगामी मे ५ बाट लागू हुने गरी बेतलबी बिदामा बस्न भनिएको छ ।
प्रतिक्रिया दनुहोस्