बुढीगङ्गा नदीमा डुबेर एक युवकको मृत्यु

बाजुरा : बाजुराको बुढीगङ्गा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षीय गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।त्रिवेणी नगरपालिका–८ मा मौरे धार्मिक स्थलमा नेपालीसहित  उनका आफन्तहरु पितृको कार्य गरिरहेका थिए।

उनीसँगै गएकी ३२ वर्षीया अञ्जली नेपालीले पितृ आए भनेर नदीमा हाम फाल्दा नदीले उनलाई बगाएपछि बचाउन गएका गणेश नेपालीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनकबहादुर बोहराले बताए। उनले भने, “नदीमा गएर पुतली ल्याउछु भनेर देवता आएपछि अञ्जलीले हाम फालेको र उसलाई बचाउन गणेश नेपाली नदीमा गएका थिए।” नदिमा हाम फालेकी अञ्जली भने घाइते भएकी छन्। उनलाइ  उपचारका लागी धनगढी पठाइएको प्रहरीले जनाएको छ। मृतक नेपालीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा लगीएको बोहराले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार