कञ्चनपुर : कञ्चनपुरमा गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरमा गुडिरहेको अटोबाट सोही ठाउँका निराजन ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अटोबाट खसेर घाईते भएका ठगुन्नाको उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाइएको छ। अटो चालक जयदेव ठगुन्नालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दनुहोस्