सिंहदरबारको गेटमै रोकिए वार्ता गर्न गएका शिक्षक नेता

काठमाडौं : शिक्षक महासंघका नेता सिंहदरबारको गेटमै रोकिएका छन् । वार्ताको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जान लागेको महासंघको टोली गेटमा रोकिएको हो ।

‘गेटबाट भित्र छिर्न दिइएन । हामी त फर्किने तयारीमा छौँ,’ महासंघका महासचिव तुलाबहादुर थापाले भने ।

Seti Hospital

शिक्षामन्त्री रघुजी पन्तको सचिवालयले गेटमा २५ जनाको नाम टिपाएको जनाएको छ । तर नाम टिपाएका सबैजना वार्तामा सहभागी हुनेहरू भने होइन ।

‘उहाँहरू गेटमा रोकिएको कुरा आएको छ । मन्त्रालयले सबैको नाम गेटमा दिएको हो । सहजीकरण गरिरहेका छौं,’ मन्त्रालयएका एक अधिकारीले भने ।

आजै सरकारको तर्फबाट शिक्षा मन्त्री पन्तले वार्ताको लागि बोलाएका थिए । सोही अनुसार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा जान महासंघका नेता तयार भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार