संसदमा वर्षमानले गरे गगनको प्रशंसा, भने- ‘ढिलै भए पनि सत्य बोल्नुभयो’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका सांसद वर्षमान पुनले कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रशंसा गरेका छन् ।

आजबाट सुरु भएको प्रतिनिधि सभा बैठकमा विशेष समयमा मागेर बोलेका पूर्वमन्त्री समेत रहेका पुनले थापाको प्रशंसा गर्दै धन्यवाद समेत दिएका हुन् ।

Seti Hospital

थापाले केही दिनअघि प्रधानमन्त्रीको बेडसम्मै बिचौलियाको रजगज रहेको बताएका थिए । सोही प्रशंग उल्लेख गर्दै पुनले भने, ‘सत्तारुढ पार्टीका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन गर्ने संयन्त्रका सदस्यले नै विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ भन्नुभयो । ढिलै भए पनि सत्य बोल्नु भएकोमा उहाँलाई धन्यवाद भन्न चाहन्छु,’ पुनले भने ।

त्यस्तै माओवादी केन्द्रले सरकारबाट हटेपछि विचौलियाको स्वार्थ समूहमा सरकार परिरहेको भन्दै सरकारको आलोचना भइरहेको थियो । सो विषयलाई सत्ता छाड्नुपरेको छटपटी भन्ने गरेको टिप्पणी गर्दै उनले सत्तारुढ दलकै जिम्मेवार नेताले सो कुरा बताएपछि कुरा स्पष्ट भएको समेत दाबी गरे ।

‘हामीले यो सरकारले विचौलिया समूहको स्वार्थमा काम गरिरहेको छ भन्दा सरकारबाट हट्दाको छटपटि भनियो,’ उनले भने, ‘आज हामीले मात्रै होइन, घरघरमा, सार्वजनिक मञ्चमा र सबैतिर यो सरकारलाई विचौलिया, दलाल र स्वार्थ समूहको सरकार भनिरहेका छन् ।’

त्यस्तै सांसद पुनले सरकारले अपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै कटाक्ष गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार