बैंककबाट फर्केपछि आरजुले भनिन् : देउवा–ओलीबीच कुरा भयो, सरकारबारे कुनै असमझदारी छैन

काठमाडौँ : सरकार परिवर्तनको हल्ला भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ ।

देउवा थाइल्याण्ड भ्रमणमा रहेकै बेला सरकार परिवर्तनको हल्ला भएपछि बिहीबार साँझ दुई जनाबीच टेलिफोन संवाद भएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छिन् । 

Seti Hospital

थाइल्याण्ड भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आरजुले मनोरञ्जनका लागि सरकार परिवर्तनको हल्ला भएको बताइन् ।

‘देशमा सरकार परिवर्तनको हल्ला भएछ, हामीले समाचारहरूमा देख्यौं । तर यो इन्टरटेन्मेन्टका लागि भएको होला । सरकार परिवर्तन हुँदा नेपालभित्रै गर्ने होला । बाहिर गएर यस्तो कुरा हुँदैन,’ आरजुले भनिन्, ‘यस्तो हल्लापछि हिजो बेलुका सभापति र प्रधानमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको छ । फोनमा दुवै जनाले सरकार परिवर्तनबारे हल्ला भएकोबारे कुरा गरे ।’

सरकारलाई स्थायित्व दिएरै जानेबारे कुराकानी भएको आरजुको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार