सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा ठप्प

धनगढी : सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा ठप्प पारिएको छ । नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशको धनगढी शाखाले शुक्रबार अस्पतालको ओपिडी सेवा ठप्प रहेको जानकारी गराएको हो ।

संघका अनुसार चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय अनुसार आवासीय चिकित्सकहरुले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएपछि आन्दोलनरत चिकित्सकहरुले शुक्रबार ओपिडी सेवा ठप्प पारेका हुन् ।

प्रदेशकै एक मात्र रेफरल सेन्टरका रुपमा रहेको सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा ठप्प हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

आन्दोलनको पूर्व निर्धारित तालिका अनुसार नै ओपिडी सेवा ठप्प पारेको भन्दै संघले ओपिडी सेवा ठप्प हुँदा सेवाग्राहीमा पर्न गएको असरप्रति क्षमा माग्दै त्यसको सम्पूर्ण जिम्मेवारी स्वयम् नेपाल सरकार रहेको पनि उल्लेख गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार