प्रचण्ड बारपाकमा, बारपाक-सुलीकोटमा आज सार्वजनिक बिदा

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाको बारपाक पुगेका छन्। 

बिहीबार पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेतालाई साथमै लिएर गोरखा गएका प्रचण्ड आज बारपाक सुलीकोट गाउँपालिकाले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुँदैछन्।

Galaxy

२०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पको स्मृतिमा गाउँपालिकाले आज कार्यक्रम गर्न लागेको हो। 

भूकम्प स्मृति दिवसको अवसरमा गाउँपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ।  गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गते पालिकाभित्रका सरकारी, गैरसरकारी संस्थाका कार्यालय, विद्यालय तथा स्वास्थ्य चौकी बन्द हुने जनाएको छ। 

२०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको ७‍.६ रेक्टर स्केलको विनाशकारी भूकम्पले बारपाकमा सबैभन्दा बढी धनजनको क्षति पुगेको थियो। 

त्यसयता हरेक वर्ष पारपाक गाउँपालिकाले वैशाख १२ गते कार्यक्रम गर्दै आएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार