धनगढी : अछामको जयगढ–रामरोशन सडकको कालोपत्र गर्ने योजना दुई वर्षदेखि ठप्प छ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन क्षेत्र जोड्ने सडक निर्माण ठप्प हुँदा स्थानीयवासी र पर्यटक दुवैले सास्ती भोगिरहेका छन्।
बान्नीगढी जयगढ गाउँपालिका अन्तर्गत पर्ने जयगढ बजारदेखि दर्नासम्मको करिब १२ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालय, अछामले सम्झौता गरेको थियो। जयगढ–रामारोशन सडक खण्डमा तीन वटा ठेक्का सम्झौता गरिएकोमा एकको काम पनि सन्तोषजनक छैन्।
पूर्वाधार विकास कार्यालय, अछामले २०७६ कात्तिक १९ गते वज्रगुरु कन्स्ट्रक्सनसँग २४ करोड ७७ लाख ९० हजार ३६९ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार काम २०७९ असार १७ भित्र सम्पन्न भइसक्नुपर्ने थियो। तर, पटक पटक म्याद थपिँदा पनि अहिलेसम्म कालोपत्रे सुरु भएको छैन। कार्यालय प्रमुख जङ्गबहादुर थापाले निर्माण व्यवसायीहरू बिरामी भएका बताए। उनले भने, ठेकेदार सबै बिरामी भए। पचि गर्दैनन्।’
पूर्वाधार विकास कार्यालय साँफेबगरले हालसम्म योजना अन्तर्गत ८० प्रतिशत भौतिक कार्य पूरा भइसकेको बताएको छ। सोही अनुसारको भुक्तानी पनि निर्माण कम्पनीले लिएको छ। तर, मुख्य काम कालोपत्रे नै सुरु नभएकाले आयोजना अधुरो बनेको हो। कम्पनीलाई पटक पटक ताकिता गरिएको भए पनि कुनै सुनुवाइ भएको छैन। आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको पूर्वाधार कार्यालयले बताएको छ। थापाले भने, ‘तीन ठेक्का हुन्। तीन वटै कम्पनीहरू छन्। कामको प्रगतिको विषयमा जवाफ दिन सक्ने अवस्थामा म छैन्।’
योजनाको ठेक्का लिएको वज्रगुरु कन्स्ट्रक्सन हाल सम्पर्क विहीन जस्तै छ। प्रमुख प्रतिनिधिको फोन नउठ्ने, सम्पर्क गर्न नसकिने गुनासो स्थानीय तह र कार्यालय दुवैको रहेको छ। जयगढ–रामारोशन सडक निर्माणमा ढिलाइ हुँदा रामारोशन क्षेत्रको पर्यटन प्रवर्धनमा समेत प्रतिकूल असर परेको छ।सो सडकमा तीन वटा ठेक्का सम्झौता गरिएकोमा एकको काम पनि सन्तोषजनक छैन। थापाले भने, ‘माथिको सडकको ठेकेदार हिजो आज आएको छ। तर, प्रगति सन्तोषजनक छैन। काम गरे जस्तो मात्र गर्छन्। अहिलेसम्म सबै कालोपत्र हुनुपर्ने हो
प्रतिक्रिया दनुहोस्