ग्रासरुट क्रिकेट फ्रेन्डसिप सिरिजको दोस्रो खेलमा चन्द्रोदयको रोमाञ्चक जित

धनगढी : धनगढी उपमहानगरपालिका र गो ड्रिमर्सको सहकार्यमा सञ्चालन भइरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रम अन्तर्गत जारी ‘ग्रासरुट क्रिकेट फ्रेन्डसिप सिरिज’को बिहीवार सम्पन्न दोस्रो पुरुष खेलमा चन्द्रोदय माध्यमिक विद्यालय फूलबारीले रोमाञ्चक जित दर्ता गरेको छ।

सिद्धनाथ मावि जुगेडाको खेल मैदानमा सम्पन्न खेलमा चन्द्रोदयले जुगेडालाई १ विकेटले पराजित गरेको हो। खेलमा टस जितेर पहिले बलिङ रोजेको चन्द्रोदयलाई जुगेडाले ७९ रनको लक्ष्य दिएको थियो। चन्द्रोदयले अन्तिम २ बल बाँकी छँदै लक्ष्य पूरा गर्दै रोमाञ्चक जित हात पायो। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चन्द्रोदयका क्षितिज थापा १८ बलमा २७ रन बनाउँदै प्लेयर अफ द म्याच घोषित भए।

Seti Hospital

खेलपछि चन्द्रोदय मावि फूलबारीका प्रशिक्षक देव नारायण झाले भने, ‘यो सिरिज केवल खेल मात्र होइन, मैत्री, सिप र आत्मविश्वासको यात्रासमेत हो। क्रिकेट खेल्न इच्छुक तपाईका नानी बाबुहरूलाई जुगेडा र फूलबारी सेन्टरमा पठाउनुहोस् यहाँ निःशुल्क क्रिकेट प्रशिक्षण हुन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार