कांग्रेसले सरकार नढाल्ने उपसभापति गुरुङको स्पष्टोक्ति, प्रधानमन्त्री ओलीले निकाल्न सक्ने आशंका

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले आफूहरु वर्तमान सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकार कांग्रेसले नढाल्ने, बरु कसैले निकाल्ने कोशिस गर्न सक्ने उनले बताए ।

‘म लोकतन्त्रको पक्षमा छु । स्थायित्वको सन्दर्भ हामीले उठाएका छौं । सरकार हामीले ढाल्ने होईन, सरकार हामीले छाड्ने होइन । कसैले सरकारबाट कांग्रेसलाई निकाल्ने, छडाउने कुरा गर्यो भने त्यो आफ्नै ठाउँमा होला,’– उनले भने ।

Seti Hospital

उपसभापति गुरुङले प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूरै अवधि चल्न पाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । उनले कांग्रेस र एमालेबीच सरकार बनाउँदा गरिएको सम्झौताको मसी सुक्न पनि नपाउँदै अर्को गठबन्धन बनाउन नहुने धारणा राखे ।

‘केपी ओलीजीले सम्झौताबमोजिमको समय अवधि चलाउनुहुन्छ भन्ने मलाई अहिले पनि लाग्छ । किनभन्दा हामीले सम्झौता गरे्को एक वर्ष पनि भएको छैन । मसी सुक्न नपाउँदै अर्कोसित सम्झौता गर्ने अस्थिर परम्परा छ नेपाली राजनीतिमा । हामी पनि त्यस्तै गैरजिम्मेवार बन्ने त ?’– प्रश्न गर्दै उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार