प्रेमिकालाई घुम्न जान नदिन बमको हल्ला चलाउने प्रेमी जेल चलान

धनगढी । आफ्नी प्रेमिकालाई घुम्न जान नदिन बमको हल्ला चलाउने प्रेमीलाई जेल सजाय सुनाइएको छ । मिसिगन राज्यमा आफ्नी प्रमिकालाई घुम्न जान नदिन क्रुज जहाजमा बम भएको हल्ला चलाउने किशोरलाई ८ महिनाको जेल सजाय सुनाइएको हो ।

ती किशोरले फ्लोरिडा मियामीको बन्दरगाहबाट जमैकाका लागि यात्रामा निस्किएको जहाजमा बम भएको हल्ला फैलाएका थिए ।

Seti Hospital

उक्त हल्लापछि १ हजार कोठा रहेको उक्त जहाजमा अमेरिका र जमैकाको कोस्ट गार्डले महँगो अपरेशन चलाएको थियो । जहाजमा भएका १ हजार कोठा जाँच गरेपछि उक्त जहाजमा बम नभएको पाइएको थियो ।

पछि अनुसन्धान गर्दै जाँदा १९ वर्षीय ती किशोरले आफ्नी प्रेमिका घुम्न नजाओस् भनेर बमको हल्ला फैलाएको पुष्टि भएको थियो । त्यसपछि अमेरिकी जिल्ला अदालतले ती किशोरलाई ८ महिनाको जेल सजाय सुनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार